थामे बाढी : यस्तो छ महाशाखाको प्रारम्भिक अध्ययन

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको भीषण बाढीको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन गरेको छ ।
प्रारम्भिक अध्ययन गर्दा सो क्षेत्रमा सो थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वटा हिमताल/हिमपोखरीहरू रहेको महाशाखाले जनाएको छ ।
“निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ,” महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको महाशाखाले जनाएको छ । “गत साउन २५ (अगष्ट ९) गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको (९.७ वाट ११.० डिग्री सेल्सियस) देखिन्छ र साउन ३१ (अगष्ट १५) गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको देखिन्छ,” विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो बाढीको कारण जल तथा मौमस विज्ञान विभागको दूधकोसी रबुवावजार बाढी मापन केन्द्र, खोटाङमा (थामेबाट करिब ८२ कि.मी तल्लो तटीय क्षेत्रको बाढीमापन केन्द्र) जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासि करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो । सोपश्चात विस्तारै घट्न थालेकोले रबुवाबजारभन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नहुने देखिए पनि दूधकोसीको नदी तटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया