थाइल्याण्डमा २३ बर्षमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री

काठमाडौँ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१औँ प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुका साथै यो पद सम्हाल्ने दोस्रो महिला पनि बनेकी छन् ।
यिङलक थाइल्याण्डको प्रधानमन्त्री हुने देशको पहिलो महिला थिइन् । उनी प्योटोङटार्नकी काकी हुन् । पाइतोङटार्न सिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । थाक्सिनका भिनाजु सोमचाई वोङ्सावत पनि सन् २००८ मा थाइल्याण्डको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।
थाक्सिन सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । थाक्सिन सिनावात्रालाई कूद्वारा सत्ताबाट हटाइएको थियो ।
पाइतोङटार्न सत्तारुढ दल ‘फु थाई’ की नेतृ हुन् । यद्यपि, पाइटोङटार्न अझै सांसद छैनन् । संसदमा सिनावात्राको पक्षमा ३१९ मत परेको थियो भने विपक्षमा १४५ मत परेको थियो । २७ सांसदले मतदान गरेनन् । सदनमा ४९३ सांसद छन् । पाइतोङटार्नलाई बहुमत प्राप्त गर्न २४८ मत आवश्यक थियो । शुक्रबार संसदमा ४८९ सांसद उपस्थित थिए ।
पाइतोङटार्न सिनावात्रा २०२३ देखि फेउ थाई पार्टीको अध्यक्ष छन् । उनी सन् २०२३ को अप्रिलमा भएको निर्वाचनमा पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार थिइन् । उनको नेतृत्वमा पार्टी चुनावमा दोस्रो स्थानमा रह्यो ।
अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।
पाइतोङटार्नका बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैन्य विद्रोह गरेर सत्ताबाट हटाइएको थियो । उनीमाथि भ्रष्टाचारका धेरै आरोप लगाइएको थियो । अदालतको फैसलापछि उनी निर्वासनमा गए । उनले देश छोडे । यसपछि थाक्सिनले आफ्नी बहिनी यिङलकलाई अगाडि राखे । उनी २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।
थाक्सिनले बहिनीको सहयोगमा देश बाहिर बसेर सरकार चलाएको आरोप लागेको थियो । सिङ्गापुरमा मन्त्रीहरुसँगको यस्तै एउटा भेटको रेकर्डिङ सार्वजनिक भएको थियो ।
यसमा थाक्सिनले आममाफी विधेयकबारे निर्देशन दिएको बताइएको छ । यो विधेयक पारित भएको भए थाक्सिन सफाइ पाएर सहजै स्वदेश फर्किन सक्थे । रेकर्डिङ भाइरल भएपछि थाई राजनीतिमा निकै हंगामा मच्चिएको थियो । यिङलकलाई अदालतले सन् २०१४ मा पदबाट हटाएको थियो । यिङलकमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।
थाइल्याण्डमा २ दिनअघि मात्रै अदालतले श्रेष्ट थाविसिनलाई प्रधानमन्त्री पदबाट हटाएको थियो । उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो। अदालतले प्रधानमन्त्रीको यो कदम नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको थियो । प्रधानमन्त्री श्रेष्ट एक वर्ष मात्रै सत्तामा रहन सक्थे । उनी २२ अगस्त २०२३ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया