बंगलादेशको हिंसामा ६५० जनाको मृत्यु भएको राष्ट्रसंघको दाबी

काठमाडौँ । संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ ।
संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउदै हिंसामा ६५० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघले बंगलादेशमा भएको हिंसाबारे १० पृष्ठको प्रतिवेदन सार्बजनिक गरेको छ । रिपोर्टका अनुसार जुलाई १६ देखि अगस्ट ४ सम्मको हिंसामा झण्डै ४ सय जनाको मृत्यु भएको थियो । ५-६ अगस्टमा भएको हिंसामा करिब २५० जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शुक्रबार जेनेभामा यो प्रतिवेदन सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार मृत्यु हुनेमा प्रदर्शनकारी, दर्शक, पत्रकार र विभिन्न बलका सुरक्षाकर्मी रहेका छन् । हिंसामा हजारौं मानिस घाइते समेत भएका छन् ।
धेरै क्षेत्रमा कर्फ्यू लगाइएका कारण जानकारी सङ्कलन गर्न कठिनाइ भएकोले मृत्यु हुनेको सङ्ख्या अझ बढी हुन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । सरकारले अस्पताललाई जानकारी दिन पनि रोकेको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा गत जुनमा आरक्षणको विरोधमा प्रदर्शन सुरु भएको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मीले मानवअधिकार उल्लङ्घन गरेको आरोप पनि लागेको थियो ।
प्रतिवेदनमा धार्मिक अल्पसंख्यकहरू विरुद्ध लुटपाट, तोडफोड र आगजनीका घटनाहरू पनि भएका छन् । प्रतिवेदनले बंगलादेशमा द्रुत रूपमा कानून र व्यवस्था पुनर्स्थापना गर्न आवश्यक रहेको बताएको छ भने हिंसाका दोषीहरूलाई जवाफदेहीता निर्धारण गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
















सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया