श्रीलंकाले सन् २०२५ सम्ममा ३० लाख विदेशी पर्यटक भित्र्याउने

श्रीलंकाले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलंका पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताए ।
पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेको परेराले जानकारी दिए । परेराका अनुसार, दोस्रो चरणमा रूस, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, पोल्याण्ड, इटाली, स्क्यान्डिनेभिया क्षेत्रलाई लक्षित गरिने छ ।
यी अभियानका कारण अर्को वर्ष पर्यटक आगमनमा सात लाखले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
श्रीलंकामा अगस्ट १२ सम्ममा १२ लाखभन्दा बढी पर्यटक आइपुगेका छन् भने आगामी गरी अक्टोबरदेखि डिसेम्बरसम्म थप ११ लाख पर्यटक आउने अपेक्षा गरिएको छ । साथै, श्रीलंकाले सन् २०२४ मा २३ लाख पर्यटक भित्रिने पूर्वानुमान गरेको छ ।
श्रीलंकामा पर्यटन क्षेत्र वैदेशिक राजस्व प्राप्त गर्नेमध्ये एक प्रमुख माध्यम हो । यहाँ पर्यटनबाट सन् २०२४ को पहिलो सात महिनामा एक अर्ब ८८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ ।
अघिल्लो वर्षको तुलनामा चालु बर्षमा पर्यटनबाट हुने आम्दानी ७३.३ प्रतिशतले बढेको श्रीलंकाको केन्द्रीय बैङ्कले आफ्नो पछिल्लो साप्ताहिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
















सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया