आज चार संसदीय समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ भदौ २ गते ९:१६

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको चार संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज कानून न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।
सबै समितिको बैठक आज बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आज बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ भने पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुँदैछ ।
त्यस्तै कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया