एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक
मेरोन्यूज
२०८१ भदौ २ गते १३:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । २१ दिनका लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकहरूलाई यसका लागि बोलकबोलमा भाग दिन आग्रह गरेको छ ।
यसअघि राष्ट्र बैंकले साउन ३० गते ४० अर्ब रकम संकलनको आह्वान गर्दा बैंकहरूले २५ अर्ब ८० करोड रकम राख्न प्रस्ताव हालेका थिए ।
राष्ट्र बैंकले उक्त समय २३ अर्ब ६० करोड उठाएको थियो । बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए ।
गत साउन ३१ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकमा बैंकहरूले विभिन्न उपकरणमार्फत् राखेको तीन खर्ब १२ अर्ब रूपैयाँ पाउन बाँकी छ ।
सम्बन्धित
















इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया