युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी

काठमाडाैँ । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीय गभर्नरले बताएका छन् ।
े“रोस्तोभ क्षेत्रको दक्षिणपूर्वमा हवाई सुरक्षाले एउटा ड्रोन आक्रमणलाई विफल बनाएको छ, प्रोलेटार्स्कमा औद्योगिक भण्डार केन्द्रहरूको क्षेत्रमा ड्रोन खसेपछि डिजेल इन्धनमा आगो लाग्यो”, गभर्नर भासिली गेलबेभले टेलिग्राममा भने, “स्थानीय समयानुसार बिहान पाँच बजेर ३५ मिनेनमा अर्को ड्रोन आक्रमणका कारण प्रोलेटार्स्कमा औद्योगिक सुविधामा अग्नि नियन्त्रण निलम्बित गरिएको थियो ।”
पछि उनले आक्रमणमा कोही पनि घाइते नभएको र आगो निभाउने प्रयास केही बेरपछि पुनः सुरु भएको बताए ।
प्रोलेटार्स्क युक्रेनी सीमाबाट करिब दुई सय ५० किलोमिटर र युक्रेनी सीमामा लडिरहेका किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब तीन सय ५० किलोमिटर टाढा छ ।
रुसी रक्षा मन्त्रालयले रातभरमा ‘विमान–प्रकार’ का पाँच युक्रेनी ड्रोनलाई खसाएको बताएको छ । ती ड्रोनमध्ये दुई वटा रोस्तोभ क्षेत्रमा थिए ।
सन् २०२२ मा द्वन्द्व सुरु भएयता किएभले आफ्नो सीमाहरूबाट करिब सयौँ किलोमिटर टाढा रुसमा तेल र ग्यास सुविधाहरूमा बारम्बार निशाना बनाएको छ । यसलाई युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमणको ‘उचित’ प्रतिशोध भनेको छ ।
यसै महिनाको प्रारम्भमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरेकामा आफ्ना सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वलाई ‘उचित अन्त्य’ गर्न मद्दत पुग्ने बताएका थिए ।
युक्रेनले रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमापार आक्रमण गरेपछि ड्रोन आक्रमणहरू भएका हुन् । युक्रेनले कुर्स्क क्षेत्रमा ८० भन्दा धेरै बस्ती नियन्त्रण गरेको दाबी गरेको छ ।














निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया