एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यद्धय कुन्दन कुशवाहा र मञ्जु शर्मालाई शपथ गराएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच रौतहट कटहरिया ५ का पूर्व प्रदेश सांसद समेत रहेका कुशवाहा र पोखराकी शर्मालाई पार्टी केन्द्रीय सदस्यको रूपमा प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।
उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल, अच्युत मैनाली, सुमन प्याकुरेल लगायत १५ जना भन्दा बढी पार्टी केन्द्रिय पदाधिकारीको सहभागिता रहेको थियो ।
गत साउन १७ गते एमाले केन्द्रीय समितिको बसेको बैठकले कुशवाहा, शर्मा लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । एमालेका तत्कालीन पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रभु साहको टीमबाट तत्कालीन केन्द्रीय सदस्य कुन्दन कुशवाहा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र रूपमा चुनाव लडेका थिए । त्यस लगत्तै नेकपा एमालेले प्रभु साह, कुन्दन कुशवाहा र उनका समर्थकहरुलाई कार्वाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।
निर्वाचनमा पराजय भोगेका कुशवाहा प्रभु साह नेतृत्वको आमजनता पार्टीको महासचिव रहँदै गत निर्वाचनमा आफूसँग धोका भएको आरोप लगाउँदै केही महिना अघि पुन: एमालेमा प्रवेश गरेका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया