पोखरामा स्वरुप परिवर्तन गरिएका १४९ बाइक प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्वरुप परिवर्तन (मोडिफाइ) गरी ध्वनि प्रदूषण गराउँदै हिँड्ने दुई हजार ३५ मोटरसाइकललाई कास्की प्रहरीले कारवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाईहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसमेतको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो।
कास्की प्रहरीले आईतबार पत्रकार सम्मेलन आयोजना गदै २१ असोज २०८० देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरुप परिवर्तन गरिएका मोटरसाइकलहरु नियन्त्रणमा लिई कारवाही गर्न सुरु गरेको प्रमुख मोहनकुमार थापाले जानकारी दिए। स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेका मोटरसाईकलहरु कारबाहीमा परेका हुन्।
आइतबारसम्म दुई हजार ३५ मोटरसाईकललाई कारवाही गरिएको थापाले जानकारी दिए। सोही क्रममा स्वरुप परिवर्तन गर्ने आठ वर्कसपका संचालकहरुलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको थापाले बताए।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया