पोखरामा स्वरुप परिवर्तन गरिएका १४९ बाइक प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्वरुप परिवर्तन (मोडिफाइ) गरी ध्वनि प्रदूषण गराउँदै हिँड्ने दुई हजार ३५ मोटरसाइकललाई कास्की प्रहरीले कारवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाईहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसमेतको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो।
कास्की प्रहरीले आईतबार पत्रकार सम्मेलन आयोजना गदै २१ असोज २०८० देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरुप परिवर्तन गरिएका मोटरसाइकलहरु नियन्त्रणमा लिई कारवाही गर्न सुरु गरेको प्रमुख मोहनकुमार थापाले जानकारी दिए। स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेका मोटरसाईकलहरु कारबाहीमा परेका हुन्।
आइतबारसम्म दुई हजार ३५ मोटरसाईकललाई कारवाही गरिएको थापाले जानकारी दिए। सोही क्रममा स्वरुप परिवर्तन गर्ने आठ वर्कसपका संचालकहरुलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको थापाले बताए।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया