शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरु

काठमाडौँ । काठमाडौँ नजिक रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा शनिबार उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकन शुभारम्भ गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतले एक कार्यक्रमका बीच पदयात्रा शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले गोकुलेश्वर झर्ना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुने बताए । हाल प्रकृतिमाथि विभिन्न तवरबाट अन्याय भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झर्नासहितको पर्यटकीय स्थान पहिचान गरेकामा खुसी व्यक्त गरे ।
“अत्यन्त रमणीय ठाउँको पहिचान र विकासका लागि यहाँहरूले देखाउनुभएको पहलकदमी सराहनीय छ । प्रकृतिलाई बचाउन सकियो भने मात्र हामी पनि बाँच्छौँ र भावी पुस्ता पनि सुरक्षित हुन्छन् भन्ने कुरा हामी सबैले मनन गर्न आवश्यक छ”, अध्यक्ष बस्नेतले भने, “शिवपुरी क्षेत्रका खोलानाला, वन, झर्नासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर उकास्न टेवा पुग्ने पक्का छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट यहाँका स्थानीय र अर्गानिक सामाग्रीको उत्पादन तथा बिक्रीवितरण बढाएर युवालाई स्वरोजगार बनाउन यस्ता अभियानले सघाउने मैले विश्वास लिएको छु ।”
गोकुलधूप झरना र गोकुलेश्वर महादेव काठमाडौँबाट करिब एक घण्टाको दुरीमा छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा पर्ने यो झरनास्थलमा काठमाडौँबाट सामाखुसी, गुरुजे भञ्ज्याङ, काफलडाँडासम्म टोखा छहरे सडक हुँदै मोटरसाइकल वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ । मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ । हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ ।
गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीयवासीको अग्रसरतामा हुने हरेक काममा स्थानीय सरकार सधैँ साथ रहेने बताए । उनले गाउँपालिकाले शिवपुरी क्षेत्रको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
स्थानीय अगुवा इन्द्रराज सेढाईंको संयोजनमा सम्पन्न भएको पदयात्रा शुभारम्भ कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, शिवपुरी गाउँपालिका–८ का वडाध्यक्ष केशव रिजालसहित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा स्थानियको उपस्थिति रहेको थियो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया