इटालीमा आँधीका कारण डुङ्गा डुब्दा १ को मृत्यु, ६ जना बेपत्ता

काठमाडाैँ । इटालीमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना वेपत्ता भएका छन् ।
सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुङ्गा डुब्न पुगेको थियो ।
उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् ।
इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार बिहान ५:०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।”
सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र वेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ ।
यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, “पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको तर त्यसलाई अझै पानीबाहिर ल्याउन सकिएको छैन ।”
यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो । कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।
डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए । उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ ।
सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले निर्माण गरेको सुविधासम्पन्न ‘बेयसियन’ डुङ्गा हो ।बोट इन्टरनेसनलुको वेबसाइटका अनुसार यसमा ११.५१ मिटर लामो मास्ट हुन्छ र यसको गति प्रतिघण्टा १५.५ नटिकल माइलसम्म पुग्न सक्छ ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया