नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन् ।
राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएको सचिवालयले जनाएको छ ।
उनले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताए ।त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी भएका थिए ।
उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुने छन् ।
कार्यक्रममा गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष शेष घलेले लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला भेट भएको स्मरण गर्दै नेपालमा विदेशी लगानीकर्तामैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष अजय राजवंशीले पाँच वर्षअघि मेलबर्नमा स्थापना भएको संस्थालाई यहाँको समुदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिएका थिए। अध्यक्ष लिङ्देन यही भदौ १० गते स्वदेश फर्किने तालिका छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया