बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडरमा सन्दीप लामिछाने नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन्।
सोमबार बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भयो।
सन्दीप दुई वर्षका लागि बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीको एम्बासेडर रहनेछन्। बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाए।
सन्दीपले बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन्। साथै, उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए।
‘यो सम्झौता हुँदा धेरै खुसी छु। यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ। साथै, देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’ सन्दीपले भने।
कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीपजस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए। साथै, उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए।
‘सन्दीपलाई ब्रान्ड एम्बासेडरको हुँदा कन्सल्टेन्सीलाई ठूलो सहयोग पुग्नेछ। साथै, यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुग्छ।’
सन्दीप क्यानडामा भएको ग्लोबल टी– २० खेलेर स्वदेश फर्किएका हुन्।
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया