अन्तरिक्षमा फसेकी अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेकी छिन् । उनी ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएकी थिइन् । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ ।
सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुबै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ । वरदा स्पेस इंडस्ट्रीजका संस्थापक र अध्यक्ष डेलियन एस्पारोहोभले सोचेभन्दा सात महिना लामो अन्तरिक्षमा रहेमा यसलाई आफुले निश्चित रुपमा फसेको भन्ने टिप्पणी गरेका छन् ।
यति मात्र होइन, सुनिता विलियम्सका अगाडि एउटा नयाँ समस्या खडा भएको छ । उनको दृष्टि धमिलो हुँदै गइरहेको छ । सुनिता विलियम्स माइक्रोग्रेविटीको लामो समयसम्म सम्पर्कमा रहँदा उनको आँखामा समस्या आएको बताइएको छ । नासाका अनुसार स्पेस स्टेसनमा बस्दा हुने यो समस्यालाई स्पेसफ्लाइट एसोसिएटेड न्यूरो-ओकुलर सिन्ड्रोम भनिन्छ ।
यसले शरीरमा तरल पदार्थको वितरणलाई असर गर्छ, दृष्टि समस्या निम्त्याउँछ । यसले दृष्टि धमिलो हुन्छ र आँखाको संरचना पनि परिवर्तन हुन सक्छ । विलियम्सको आँखाको स्वास्थ्य थाहा पाउन उनको रेटिना, कोर्निया र लेन्स स्क्यान गरिएको नासाले बताएको छ ।














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया