मोदी युक्रेनको औपचारिक भ्रमणमा जादै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘यो महत्वपूर्ण र ऐतिहासिक भ्रमण पनि हो, किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा बढी समयमा कुनै भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने यो पहिलो पटक हुनेछ ।’
रुस-युक्रेन द्वन्द्वका भारतले यो द्वन्द्व कूटनीति र संवादबाट समाधान गर्न सकिने धारणा राख्दै तटस्थ भूमिका खेल्दै आएको छ ।
मोदीले फेब्रुअरी २०२२ मा रूस-युक्रेन युद्धपछिइटाली र जर्मनीमा जी ७ देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेका छन्, तर उनले अहिलेसम्म युक्रेन भ्रमण भने गरेका छैनन् ।
युक्रेनअघि प्रधानमन्त्री मोदी पोल्याण्डको औपचारिक भ्रमणमा जाने विदेश मन्त्रालयले जनाएको छ ।














निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया