लमजुङमा थपिए २१८ उद्योग

लमजुङ । लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् । एक सय ७६ वाणिज्य दर्ता भएको छ भने, पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन् । अघिल्लो आव २०७९/८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा उद्योग दर्ता कम भएको हो ।
सोही आवमा दुई सय आठ वाणिज्य दर्ता भएका थिए भने पाँच सय १८ वटाको नवीकरण भएका थिए । आव २०७८/७९ को साउनदेखि असार सम्म छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । उक्त अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएको थियो ।
बेँसीसहर, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसलको सङ्ख्या वृद्धि भइरहेका रहेका छन् । दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फार्म, सिलाइकटाई, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरिपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया