आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ ।
बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्दैछ । बैठकमा समितिको कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बस्ने कार्यसूची छ ।
बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ । बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तैगरी दिउँसो ३ः४५ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।













गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया