सहमतिमै राजसंस्थालाई अभिभावकको रुपमा राखौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।
राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृती, मूल्य, मान्यता मासेर देश बिकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।
युबाहरुको भबिष्य बरबाद गर्ने अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई सस्थागत गरेको समेत आरोप लगाए । भ्रष्टतन्त्र र ब्यबस्था धेरै लामो समय नटिक्ने समेत बताए । कुशासन भ्रष्टाचार गरेर देशलाई बर्बाद गर्ने भ्रष्ट ब्यबस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको भन्दै थापाले
बलियो राष्ट्रबादी, प्रजातन्त्रबादी, हिन्दुबादी, राजसंस्थाबादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला, प्रदिप कार्की, उज्वल पोखरेल लगायतले बोलेका थिए ।













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया