सहमतिमै राजसंस्थालाई अभिभावकको रुपमा राखौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।
राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृती, मूल्य, मान्यता मासेर देश बिकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।
युबाहरुको भबिष्य बरबाद गर्ने अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई सस्थागत गरेको समेत आरोप लगाए । भ्रष्टतन्त्र र ब्यबस्था धेरै लामो समय नटिक्ने समेत बताए । कुशासन भ्रष्टाचार गरेर देशलाई बर्बाद गर्ने भ्रष्ट ब्यबस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको भन्दै थापाले
बलियो राष्ट्रबादी, प्रजातन्त्रबादी, हिन्दुबादी, राजसंस्थाबादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला, प्रदिप कार्की, उज्वल पोखरेल लगायतले बोलेका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया