भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
स्थानीय राजस्व विभागका अनुसार बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन्भने बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भिर क्षति पु¥याएको छ ।
बाढी प्रभावित राज्यमा ४५० राहत शिविरहरू स्थापना गरी ६५ हजारभन्दा बढी मानिसहरूलाई शरण दिइएको अधिकारीले बताएका छन् ।
राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ । बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले जनाएका छन् ।
प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको वरिष्ठ स्थानीय अधिकारी बृजेश पाण्डेले बताए।
अल इन्डिया रेडियोका अनुसार त्रिपुरामा चार दिनसम्म परेको लगातारको वर्षाले कृषि र ऊर्जा क्षेत्रमा गम्भिर क्षति पु¥याएको छ ।
स्थानीय सरकारले भारतीय वायु सेनासँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रहरूमा सहयोग तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोली पनि तैनाथ गरेको छ ।
बाढीले त्रिपुराको राजधानी अगरतलाबाट रेल सेवामासमेत असर पारेको छभने गोमती, दक्षिण त्रिपुरा र अन्य बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि अवरुद्ध भएको छ ।
अर्को निर्देशन नआउँदासम्मका लागि प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू हाललाई बन्द गरिएका छन् ।
यसैबीच, भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागहरूमा भारी वर्षाको पूर्वानुमानपछि ‘रेड अलर्ट’ को चेतावनी पनि जारी गरिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया