बुटवलमा दोस्रो जुत्ता चप्पल मेला आयोजना हुने

बुटवल । आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिसरमा दोस्रो जुत्ता चप्पल व्यापार मेला लाग्ने भएको छ । नेपाली लुगा घरको आयोजनामा दसैँसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मेलाको आयोजना गरिएको बताए । मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोर मोजा समेत उपलब्ध गराइने छ ।
बुटवल मिलन चोकमा रहेको डेल्टा मार्ट परिसरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोर मोजा समेत उपलब्ध गराइने छ ।
दसैँसम्म सञ्चालन हुने मेलामा ३५ हजार जोर जुत्ता चप्पल बिक्री वितरण हुने र करिब पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । हिन्दुहरूका चाडपर्वहरूलाई लक्षित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरू रहने फुटवेयर मेनिफेक्चरिङ्ग एसोसिएसन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया