बुटवलमा दोस्रो जुत्ता चप्पल मेला आयोजना हुने

बुटवल । आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिसरमा दोस्रो जुत्ता चप्पल व्यापार मेला लाग्ने भएको छ । नेपाली लुगा घरको आयोजनामा दसैँसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मेलाको आयोजना गरिएको बताए । मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोर मोजा समेत उपलब्ध गराइने छ ।
बुटवल मिलन चोकमा रहेको डेल्टा मार्ट परिसरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोर मोजा समेत उपलब्ध गराइने छ ।
दसैँसम्म सञ्चालन हुने मेलामा ३५ हजार जोर जुत्ता चप्पल बिक्री वितरण हुने र करिब पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । हिन्दुहरूका चाडपर्वहरूलाई लक्षित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरू रहने फुटवेयर मेनिफेक्चरिङ्ग एसोसिएसन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया