सोमबार, वैशाख २१, २०८३

बस दुर्घटनाः भरतपुर अस्पतालमा सुरू भयो पोस्टमर्टम

मेरोन्यूज २०८१ भदौ ८ गते ८:३१

चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरू गरिएको छ।

Advertisement
NiccNicc

आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरू गरिएको हो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले जानकारी दिए।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो।

प्रतिक्रिया