कांग्रेस-एमालेले हेपे, अर्काे चुनावमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले पनि फुटाउन नसक्ने दाबी गरेका छन्।
शनिबार नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी समेत गरेका छन् । उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुनेछन् उनले भने ।’
प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्याउने गरी लाग्नुपर्ने बताए । ‘३२ सीटलाई यिनीहरुले जातिविधि गरे, हामीसँग ३२ होइन, जनयुद्धको बेलामा एक सीट पनि थिएन नि ! भएभरका सीट त कांग्रेस र एमालेको मात्रै थिए नि त, तर हामी एक सीट नभए पनि आयौं । हामीले २०६४ मा प्रत्यक्षमा मात्रै १२१ सीट ल्यायौं, २४२ को वरिपरि थियौं समानुपातिकसहितको गर्दा । अर्को पटक हामीले यिनीहरुलाई चुनौती दिनु छ। हामी आत्मविश्वासको साथ जनताको घरमा गयौं भने अर्को पटक २०६४ जस्तै पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनैपर्छ ।’
















निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया