कांग्रेस-एमालेले हेपे, अर्काे चुनावमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले पनि फुटाउन नसक्ने दाबी गरेका छन्।
शनिबार नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी समेत गरेका छन् । उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुनेछन् उनले भने ।’
प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्याउने गरी लाग्नुपर्ने बताए । ‘३२ सीटलाई यिनीहरुले जातिविधि गरे, हामीसँग ३२ होइन, जनयुद्धको बेलामा एक सीट पनि थिएन नि ! भएभरका सीट त कांग्रेस र एमालेको मात्रै थिए नि त, तर हामी एक सीट नभए पनि आयौं । हामीले २०६४ मा प्रत्यक्षमा मात्रै १२१ सीट ल्यायौं, २४२ को वरिपरि थियौं समानुपातिकसहितको गर्दा । अर्को पटक हामीले यिनीहरुलाई चुनौती दिनु छ। हामी आत्मविश्वासको साथ जनताको घरमा गयौं भने अर्को पटक २०६४ जस्तै पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनैपर्छ ।’













आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया