जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान आजदेखि सुरु हुँदै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ उद्घाटन आज हुँदै छ ।
बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज अभियानको उद्घाटन गर्न लागेका छन् । काठमाडौंको थापागाउँस्थित काठमाण्डौ ब्याङ्क्वेटबाट चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत सङ्गठन निर्माण अभियान प्रारम्भ हुनेछ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोसी प्रदेशको बिराटनगरमा भदौ १८ गते अभियन्ताहरुको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।
त्यसैगरी, लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरुलाई अभिमुखीकरणमा सहभागी गराइनेछ ।
गण्डकी प्रदेशको पोखरामा र सुदुरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया