आन्दोलनको रणनीति तय गर्न आजपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बस्दैछ ।
बैठकमा तेस्रो आन्दोलनको राणनीति तय हुनेछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन् ।
आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो आन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडी बढने बताए । बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए ।
बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडी बढाउँने बारेमा समेत छलफल र योजनाको बनाउने काम हुनेछ ।
यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउँने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउँन सकेको छैन् । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।
तेस्रो आन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए । नेताहरुलाई आन्दोलनको बिभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुको कार्यविभाजन गर्दै ससक्त रुपमा अगाडी बढने उनले बताए ।
















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया