ओमानका विदेशमन्त्री सोमबार काठमाडौं आउँदै
मेरोन्यूज
२०८१ भदौ ९ गते १७:४८

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया