नेकपा एसका तीन अगुवा कार्यकर्ता एमाले प्रवेश
मेरोन्यूज
२०८१ भदौ ९ गते २०:४५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
यसैगरी, नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै नेकपा (एमाले)मा प्रवेश गरे । पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरे ।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन् । उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । प्रा. डा. बगाले नेपाल पिएचडी फाउण्डेशनका उपाध्यक्ष पनि छन् । उनीसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया