जसपा नेपालले छान्यो पदाधिकारी, रकम चेम्जोङ बने सहअध्यक्ष
मेरोन्यूज
२०८१ भदौ १० गते ११:५२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको थियो ।
जसपा नेपालले सहअध्यक्षको जिम्मेवारी रकम चेम्जोङलाई दिएको छ । त्यस्तै, उपाध्यक्षहरुमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन् । सहासचिवको जिम्मेवारी लालबाबु राउत र रामकुमार शर्माले पाएका छन् ।
त्यसैगरी, उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव, प्रवक्तामा मनिष कुमार सुमन, सचिवहरुमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्धीन राई, कोषाध्यक्षमा सुनिताकुमारी साह चयन भएका छन् ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया