वसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मङ्गलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताएका छन् ।
बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–६ वसन्तनगरमा निर्मित मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले भने, “अहिले संविधानले हरेक क्षेत्रमा समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । नीतिगत तहमा महिलाको हक र प्रतिनिधित्व सुनिश्चित भएको छ । महिलासँग जोडिएका आन्दोलन मङ्गलादेवीको नेतृत्वमा भएका हुन् ।”
नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए। पार्कको सञ्चालन र संरक्षण काठमाडौँ–११ ले गर्ने वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।
















साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया