मोदी र बाइडेनबीच टेलिफोन कुराकानी यस्ताे

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन् । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्याएका थिए ।
मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएको थियो । मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएका थिए । साथै बंगलादेशमा कानून र व्यवस्थाको चाँडो पुनर्स्थापना र अल्पसंख्यक, विशेष गरी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्नमा जोड दिए ।
प्रधानमन्त्री मोदी गत हप्ता २३ अगस्टमा युक्रेनको भ्रमणमा थिए । यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटेका मोदीले भनेका थिए, ‘भारत सधैं शान्तिको पक्षमा रहेको छ । मैले केही दिनअघि रुसी राष्ट्रपति पुटिनलाई भेटेको थिएँ । त्यसपछि मैले उनलाई मिडियाको अगाडि आँखा चिम्लेर हेरें र भने कि यो युद्धको समय होइन ।’
युक्रेनको मारिन्स्की प्यालेसमा मोदी र जेलेन्स्कीबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो । मोदी जेलेन्स्कीसँगै युक्रेनको राष्ट्रिय संग्रहालय पनि गए, जहाँ उनले युद्धमा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।














मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया