सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ भदौ ११ गते १०:४५

काठमाडौँ । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीमाटी गाउँपालिका-१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् ।
सोमबार घरनजिकै गाईबाख्रा चराउन गोठालो गएको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् । मृतकको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।
सम्बन्धित
















समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया