एस इन्स्टिच्युटले ‘एसे एक्सप्रेन्स २०२४’ आयोजना गर्दै

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले ‘एसे एक्सप्रेन्स २०२४’को घोषणा गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा एस इन्स्टिच्युटले ‘एसे एक्सप्रेसन्स २०२४’ को आधिकारिक शुभारम्भ भएको घोषणा गरेको हो। यो नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट हुने बताइएको छ ।
इन्स्टिच्युटका अनुसार यो कार्यक्रम २०८१ असोज ५ गतेदेखि १२ गतेसम्म आयोजना हुनेछ, जसमा देशभरका उत्क्रष्ट विद्यार्थिहरुलाई एकसाथ ल्याउने १० प्रमुख उप कार्यक्रमहरुसमावेश गरिनेछन् ।
जसअन्तर्गत ब्यान्ड प्रतियोगिता, नृत्य प्रतियोगिता, फेशन शो, टीभीसी डीभीसी, स्टक सिमुलेसन, स्टे्रस इन्टरभ्यू, व्किज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता रहनेछन् ।
कार्यक्रमको समापनमा नेपालका प्रसिद्द कलाकारहरुको प्रस्तुति रहने एक भव्य कन्सर्ट आयोजना गरिने इन्स्टिच्युटले जानकारी दिएको छ ।
उक्त कन्सर्टमा कलाकारहरु अभिष्कार केसी, श्रीगो, सुसान्त घिमिरे, पहेँलो बत्ती मुनि, रचना दाहाल र जोन एण्ड द लोकल्सले प्रस्तुति दिनेछन्। कन्सर्ट भृकुटीमण्डपमा २८ सेप्टेम्बरमा हुनेछ। पहिलो चरणको टिकटहरु खल्ती डिजिटल वालेटमा ५०० रुपैयाँमा उपलब्ध रहेको इन्स्टिच्युटले जानकारी दिएको छ ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया