जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभी ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ।
यो हस्ताक्षर समारोह चीनको हाङजोउमा भदौ ५ मा सम्पन्न भएको हो। हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए।
नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए। सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए।
साथै, दुई कम्पनीबीच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो। अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्त्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो।
यस वितरण सम्झौता नेपाली अटोमोबाइल क्षेत्रमा एक महत्त्वपूर्ण र उल्लेखनीय कदम रहेको छ। यस सहकार्यसँगै नेपाली इभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन्।
पायोनियर मोटोकर्पले यही नाडा अटो शोमा प्रिमियम अर्वान लक्जरी एसयुभी ‘जिकर एक्स’ सार्वजनिक गर्नेछ। नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयुभी हो। जिकर एक्स, नयाँ ठाउँ, नयाँ भू–भाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयुभी भएको कम्पनीको दाबी छ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया