मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ- आमिर खान

काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले आफुलाई पार्टनरको आवश्यकता रहेको बताएका छन् ।
५९ बर्षिय अभिनेता आमिर खानले रिया चक्रवर्तीको पोडकास्ट च्याप्टर २ मा बोल्दै आफ्नो निजी जीवन बारे चर्चा गरेका हुन् । बलिउडमा मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिरले पोडकाष्टमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू सेयर गरेका छन् । कुराकानीका क्रममा आमिरले आफूलाई साथीको आवश्यकता रहेको पनि बताए । यस क्रममा उनले आफ्ना दुवै पूर्व पत्नीको पनि उल्लेख गरे । कुराकानीका क्रममा आमिर खानले भने, ‘मलाई एक्लै बस्न पटक्कै मन पर्दैन । मलाई साथी चाहिन्छ । म एक्लो मान्छे होइन, मलाई कम्पनी मन पर्छ । म मेरा दुवै पूर्व पत्नी रीना र किरणसँग धेरै नजिक छु । हामी सबै एक परिवार जस्तै छौं ।’
यस बाहेक रियाले आमिर खानसँग विवाहबारे उनको धारणा जान्न चाहन्थिन् । यसबारे आमिरले भने, ‘मेरो दुई विवाह असफल भएका छन् । त्यसैले मसँग विवाहको बारेमा कुनै सल्लाह न सोध्नुहोस् । यसबाहेक आमिरलाई तेस्रो विवाहको बारेमा सोध्दा उनले भने, ‘म अहिले ५९ वर्षको भएँ । अब फेरि बिहे कहाँ गर्ने ? गाह्रो देखिन्छ । मेरो जीवनमा धेरै सम्बन्धहरू छन्, म मेरा बच्चाहरू र परिवारसँग जोडिएको छु ।’
आमिर खानले दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनको दुवै विवाह असफल भए । उनको पहिलो विवाह रीना दत्तसँग भएको थियो, जसबाट उनका दुई सन्तान छन् – जुनैद खान र आयरा । त्यही समयमा उनको दोस्रो विवाह निर्देशक किरण रावसँग भएको थियो, जसबाट आमिरको एक छोरा आजाद छन् । आमिरका जेठा छोरा जुनैदले पनि फिल्म ‘महाराज’ बाट इन्डस्ट्रीमा डेब्यु गरेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने आमिर छिट्टै नयाँ फिल्म ‘सितारा जमीन पर’ लिएर आउदै छन् ।














शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया