प्रचण्डलाई योगेशकाे प्रश्न- कुन कानुनमा टेकेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ?
मेरोन्यूज
२०८१ भदौ १२ गते १५:००

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रक लाइन महसुस विवादमा संसदमा बोलेको कुरालाई जवाफ दिँदै उल्टै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको आरोपमा प्रतिनिधिसभाले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् ।
‘२१ अर्ब ८८ करोड बक्यौता छ । एक पैसा पनि बाँकी नराखी उठाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । प्रचण्ड प्रधानमन्त्री भएपछि उहाँले हल गर्नको लागि उहाँले गएको वैशाख २७ गते प्राधिकरणलाई बक्यौतालाई ६ अर्बमा झारेर १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो । तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?’ उनले भने ।
उनले विद्युत्को सबै बक्यौता कानून अनुसार उठाउनुपर्ने एमालेको मत रहेको सुनाए ।
सम्बन्धित












६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया