मंगलबार, वैशाख २२, २०८३

जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

मेरोन्यूज २०८१ भदौ १२ गते २१:१६

जुम्ला । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् । जिल्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक सोही गाउँपालिका–७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

Advertisement
NiccNicc

आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका–७ रिनीका का २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताउनुभयो । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया