पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध
मेरोन्यूज
२०८१ भदौ १३ गते ११:२२

अछाम । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया