म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

दमौली (तनहुँ) ।तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्र ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरु पेश गरेका हुन् ।
नेकपा (एमाले) तनहुँ जिल्ला कमिटी सदस्य एवं म्याग्देका युवा नेताहरू बसन थापा, शङ्कर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्लेलगायतका युवा सम्मिलित युवा प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र ऋषिङ गाउँपालिका–७ जोड्न सेती नदीमा पक्की पुल, म्याग्दे गाउँपालिका वडा नम्बर २ मा सांस्कृतिक सङ्ग्रहालय र मुल बाराही मन्दिर निर्माणका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।
त्यसैगरी म्याग्दे वडा नम्बर २ को निर्मलबस्तीमा खेल मैदान निर्माणसहित ल्याण्डफिल्ड साइट योजनालाई बजेट विनियोजन गर्न र वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने पक्की पुल निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरिएको नेकपा (एमाले) म्याग्दे गाउँ कमिटीका सचिव सन्दीप रानाभाटले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले मागको बारेमा सम्बन्धित मन्त्रीहरुलाई जानकारी गराई बजेट व्यवस्थाका लागि निर्देशन दिने आश्वासन दिएका रानाभाटले बताए ।
सो टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग समेत भेट गरी तनहुँ जिल्लाको विकास निर्माणका लागि ध्यान दिन आग्रह गरेको थियो ।
















आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया