फोटोनले मनायो २८औं वार्षिकोत्सव

काठमाडौं । विश्वको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सव विश्वभिर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो ।
फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको हो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियालगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको सन्देश दिइएको थियो ।
एमएडब्लू वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर १ कमर्शियल भेहिकल निर्माता) ले हाईरुफ ईभी भ्यान, टुनल्यान्ड र टीएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ ।
फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिनेछ ।










दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया