महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच समझदारी

काठमाडाैं । महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्। विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत (जुन कम हुन्छ सोही) बराबरको कर्जा र विद्युतीयबाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत (जुन कम हुन्छ सोही) बराबरको कर्जा बैंकले प्रदान गर्ने बताइएको छ।
कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्ने बैंकले जनाएको छ।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया