नेतात्रयलाई वरिष्ठ नेतामा मनोनित, पदाधिकारी सङ्ख्या ३ थप्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टीको उपाध्यक्षत्रय घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी सङ्ख्या तीन थप गरेर २४ पुर्याउने निर्णय गरेको हो ।
स्थायी कमिटी निर्माण गर्दा सबै पदाधिकारीलाई स्वतःकमिटीमा लैजाने निर्णय गरेको बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गरी विभाग र आयोगलगायत संरचना छिट्टै निर्माण गर्ने निर्णय गरेको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
पार्टीको एकसय पाँच सदस्यीय पोलिटब्युरोको एकतिहाइ सदस्य स्थायी कमिटी बनाउने व्यवस्था छ । त्यस अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ सदस्यको निर्वाचन गरिएको थियो ।
महाधिवेशनमा पारित गरिएको क्रान्तिकारी समाजवादी कार्यदिशाबारे छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया