‘ नेताले पद र पैसाका लागि नभई देश र जनताको सेवामा लाग्नुपर्छ’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पद एवं पैसाको निम्ति नभई देश र जनताको लागि निःस्वार्थ सेवामा लाग्नुपर्ने बताएका छन् ।
भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको भक्तपुर काण्ड कालो दिन विषयक कार्यक्रममा उनले देशमा भएको अन्यायको विरोध नगर्ने कम्युनिष्ट हुनै नसक्ने बताए । राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक रुपमा परिपक्व हुनुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि र कार्यकर्ताहरूले व्यक्तिगत फाइदाभन्दा माथि उठेर समाजको हितका लागि काम गर्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डबारे नयाँ पुस्तालाई सचेत पार्ने उद्देश्यले यस घटनाबारे चर्चा परिचर्चा आवश्यक भएको बताए । भक्तपुर काण्डमा समातिएकालाई पञ्चायती सरकारले युद्धमा हारेकालाई भन्दा पनि दर्दनाक यातना दिइएको बताए ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायत विभिन्न व्यक्तित्वले भक्तपुर काण्डबाट भक्तपुरका महिलालाई राजनीतिक र सामाजिक रुपमा साक्षर र सङ्गठित गर्ने अभियानको सुरुवात भएको तथा भक्तपुर काण्डलाई सङ्घर्षको रुपमा स्मरण गरेको बताए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया