एम्बाप्पेको जादु चलेन, रियल म्याड्रिड बराबरीमा रोकियो
मेरोन्यूज
२०८१ भदौ १४ गते ८:११

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लस पालमाससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । लस पलमासले खेलको पाँचौं मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५९औं मिनेटमा रियल म्याड्रिडका भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस सिजनको तेस्रो खेलमा रियल म्याड्रिडको यो दोस्रो बराबरी हो । रियल म्याड्रिडले यससँगै नयाँ सिजनमा औसत शुरुवात गरेको छ । यसै सिजन देखि रियल म्याड्रिडबाट खेलिरहेका किलीयन एम्बाप्पेले अहिलेसम्म आफ्नो प्रभाव देखाउन नसक्दा रियल म्याड्रिड दबाबमा देखिएको छ ।
यो बराबरीपछि रियल म्याड्रिडको ३ खेलमा ५ अंक भएको छ भने लस पलमासको ३ खेलमा २ अंक रहेको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया