बिहीबार, पुष १७, २०८२

राष्ट्रपति पौडेलले हरेक महिनामा एक दिन सार्वजनिक स्थल पुगेर स्थानीयको गुनासो सुन्ने, आज भक्तपुरमा

मेरोन्यूज २०८१ भदौ १४ गते ९:४७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।  

‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । जस अन्तर्गत  पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेल आज  बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया