शनिबार, पुष १२, २०८२

आयल निगमको डिपोमा १ जनाको हत्या

मेरोन्यूज २०८१ भदौ १४ गते ११:४६

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ ।

सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको शुक्रबार बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा हत्या भएको हो।

बर्मा ज्यालादारी कर्मचारी हुन् । घटनामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया