पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
मेरोन्यूज
२०८१ भदौ १४ गते १३:०४

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।
सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।”
पहिरोमा परी मृत्यु भएका उनीहरू एकै परिवारका सदस्य थिए र घरभित्र सुतिरहेका थिए ।
भग्नावशेषबाट सबै शव निकालिएको र पहिरोले ल्याएको माटो र ढुङ्गाको थुप्रोलाई हटाउने काम जारी छ ।
पाकिस्तानका केही भागमा अहिले मुसलधारे वर्षा भइरहेको छ, जसका कारण धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको छ ।
सम्बन्धित












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया