प्रदूषणले पारेका असरको न्यूनीकरणमा मन्त्रालयले प्रभावकारी कदम चाल्छ- वनमन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय संवेदनशील रहेको बताएका छन ।
‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्वोन्धन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्युनिकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्री ठकुरीले बताए ।
सञ्चारमाध्यका साथीहरु र सरोकारवाला पक्षलाई मन्त्रालयमा आमन्त्रण गरेर सल्लाह र सुझाव लिएर अघि बढ्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकाका साथै स्थानीय तह र सम्वन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरुको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषण न्युनिकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि तत्पर रहेको स्पष्ट पारे ।
कार्यक्रममा काठमार्डौ महानगरपालिका वातावरण विभग निमित्त प्रमुख वायु प्रदुषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभवाकारी ढंगबाट गरेको बताइन । स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताइन । धूलो सहित काठमाडौं निर्माण गर्न जुटेको छौ राईले भनिन् स्वास्थ्य संस्थाको फोहर अनुगमन गरेको छौ । मापदण्ड अनुसार फोहरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारवाही गर्ने उनले बताइन ।
ट्रिपल मिडिया प्रा.लिद्वारा आयोजित ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुद्वरा सातवटा कार्यपत्र प्रतुत गरिएको थियो ।
कार्यक्रममा वन तथा वतावरण मन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तन सम्वन्धी घोषणा पत्र समेत हस्तान्तरण गरेको थिए ।
















कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया