दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजारभन्दा बढीको हत्या

अपराध नियन्त्रण नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब छ हजार दुई सय व्यक्तिको हत्या भएको प्रहरी आँकडाले देखाएको छ ।
प्रहरीमन्त्री सेन्जो म्याकचुनुले तीन महिनामा छ हजार एक सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिए । यो आँकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो ।
“यो आँकडाले हामीसामु आउने चुनौतीहरूको गम्भीरतालाई प्रतिबिम्बित गर्दै एउटा कथा बताउँछ”, मन्त्री म्याकचुनुले भने ।
दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ । महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव छ प्रतिशतले बढेका छन् ।
अप्रिलदेखि जुनको बीचमा मुलुकमा कूल नौ हजार तीन सय नौ बलात्कारका घटना दर्ता गरिएका छन् । यस अवधिमा प्रहरी कारवाहीमा ४४ हजार सात सय ३५ लागुऔषधसँग सम्बन्धित अपराध फेला परेको प्रहरीले बताएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया