विश्वकप लिग -२ को तयारीका लागि नेपालले श्रीलंकासँग अभ्यास खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो खेल सेप्टेम्बर ५ मा र तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने भएको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १७ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।












प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया