परसपुर–गौघाट सडक कालोपत्र : २ वर्षमा २० प्रतिशत काम

खजुरा (बाँके) । परसपुर–गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन । मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । समयमा कालेपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडक खण्ड हो । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ ।
सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको उनले बताए ।
उनले भने, ‘‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ । तर प्रगति भने निराशाजनक छ ।’’
सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ वैशाख देखि निर्माण सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । परसपुर–गौघाट सडक खण्ड निर्माण ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिँदै आएका छन् । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । यसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया