युएस ओपनमा जोकिभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए

काठमाडौँ । पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच युएस ओपनबाट बाहिरिएका छन् ।
नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन् ।
यस वर्ष भएको विम्बल्डन ओपनको तेस्रो राउण्डमा जोकोभिच र पोपिरिनबीचको खेल भएको थियो, जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए । तर युएस ओपनमा पोपिरिनले जोकोभिचलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएर सो हारको बदला लिएका छन् ।
एटीपी वरियतामा दोस्रो स्थानमा रहेका जोकोभिचलाई २८औं स्थानमा रहेका पोपिरिनले पराजित गरेका छन् ।
यस वर्ष, रोलान्ड ग्रोस र विम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए । नोभाक यति छिट्टै युएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया